यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीले कर्णालीलाई ५ विकेटले हरायो
फरकधार / ९ चैत, २०७८

धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश विजयी भएको छ ।



लुम्बिनीले बुधबार कर्णाली प्रदेशमाथि ५ विकेटको जित हात पारेको हो । ७३ रनको लक्ष्य लुम्बिनीले १४.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि रञ्जु श्रेष्ठले सर्वाधिक २९ रनको योगदान दिँदा चमेली चौधरी ११ रनमा अविजित रहिन । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



कर्णालीका लागि एञ्जिला थापा र तृसना बुढाथोकीले २–२ विकेट हात पारे ।



यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । उसका लागि किरणकुमारी कुँवरले सर्वाधिक २१ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि आस्मा पुलामी मगरले ३, सुष्मिता भुषालले २ तथा मनिषा राना मगर, सरिता जिसी र अञ्जिली चौधरीले १–१ विकेट हात पारे ।

  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १६:५३:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया