बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । 

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आज राति १२ बजेबाट लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गरेको हो । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ । मन्त्रिपरिषद्को उक्त निर्णय प्रदेश प्रमुख शर्मासमक्ष पठाइएको छ । 

प्रदेश प्रमुखले उक्त पत्रमा सिफारिस गर्दै प्रदेशसभालाई अधिवेशन अन्त्य भएको जानकारी गराउनेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण ८१ दिन अवरुद्ध प्रदेशसभा बैठक पुनः सञ्चालन भएपछि दुईवटा बैठक बसेर प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १७:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया