राजर्षि जनक कप : सडनडेथमा क्यारुनलाई पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब काठमाडौं सडनडेथमा क्मरुनलाई पराजित गर्दै जारी छैठौं राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा भएको खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले सडनडेथमा पाखा लगाएको हो । मच्छिन्द्रले क्यमरुनलाई सडनडेथमा ६–५ गोल अन्तरले पाखा लगायो । ट्राइब्रेकरमा दुवैतर्फबाट ५/५ गोल भएपछि खेलको निर्णय सडनडेथबाट निकालिएको हो ।

सडनडेथमा क्यामरुनका खेलाडी एस बोरीस अनलक्कि साबित भए । सडनडेथमा बोरिसको प्रहार क्रसबारमा लागेर फर्कियो । योसँगै मच्छिन्द्रले अन्तिम क्वाटरफाइन खेलको नतिजा ६–५ गोल अन्तरको आफ्नो पक्षमा पार्‍यो । सडनडेथमा पहिलो प्रहार गरेका मच्छिन्द्रका देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । खेल अवधि भर दुवै तर्फबाट कुने गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।

त्यसमा पनि ५/५ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिइएको हो । खेल अवधिभर केही दबाब सृजना गर्न खोजेको मच्छिन्द्रले क्यमरुन माथि सशक्त प्रहार भने गर्न सकेन । पहिलो हाफ सम्म दुवै टोली कडा प्रतिस्पर्धामा देखिए । खेलको १९औं र ५०औं मिनेटमा मच्छिन्द्रका लागि राम्रो अवसर बन्यो । तर, मच्छिन्द्रका नुरलन नुरुजोभले अवसर सदुपयोग गर्न सकेनन् । 

यो मच्छिन्द्र र पाहुना टोली क्यामरुनको पहिलो भेट हो । पहिलो भेट्नै मच्छिन्द्रको लागि लक्की साबित भयो । खेलमा मच्छिन्द्रको फिल्डीङ फिनिसिङ नहुँदा स्कोर गर्नबाट पटक पटक चुकेको थियो । खेल अवधि भर आफूलाई राम्रो फर्ममा राखेका मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । 

जितसँगै ए डिभिजन क्लब मच्छिन्द्रले दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने छ । आजको भेटका लागि मच्छिन्द्रले एक खेल वाई पाएर सिधै प्रवेश पाएको हो । भने, पाहुना टोली एभिनियर फुटबल क्लब क्यमरुनले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई पराजित गर्दै अन्तिम क्वाटरफाइनल यात्रा तय गरेको थियो । 



यस्तै प्रतियोगिता अन्तरगतको बिहीबारको पहिलो सोमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब बागमती र डिफेन्डिङ च्याम्पियन समेत रहेको पिप्ले युवा क्लब हेटौडाबीच प्रतिस्पर्धा हुनेछ । एक खेल वाई पाएर सिधै क्वाटरफाइनल यात्रा तय गरेको पिप्ले हिमालयन सेर्पालाई पराजित गर्दै सोमिफाइनलमा प्रवेश गरेको हो । भने, आयोजक बागमती पनि एक खेल वाई पाएर क्वाटरफाइनलमा न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार आकर्षक राजर्षि रनिङ सिल्ड र उपविजेताले ५ लाख ५ सय प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल चैत १३ गते आइतबार हुने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।



  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २०:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया