भारतले गर्‍यो ब्रह्मोस क्रुज मिसाइलको सफल परीक्षण
Photo : ANI

भारतले ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो मिसाइल सतहबाट सतहमा मार हान्छ । अण्डमान र निकोबार टापुमा परीक्षण फायरिङ गरिएको हो ।

रक्षा अधिकारीहरूका अनुसार यो मिसाइलले सही लक्ष्यमा प्रहार गर्ने सामर्थ्य राख्छ ।

सेनाका अधिकारीहरूका अनुसार मिसाइल परीक्षणपछि एयर चीफ मार्शल वीआर चौधरीले बधाई दिएका थिए । मिसाइ परीक्षण फायरिङको तयारीको समीक्षा गर्न उनी अण्डमान र निकोबारमा उपस्थित थिए ।

ब्रह्मोस मिसाइल रूससँगको सहकार्यमा निर्माण गरिएको हो । यो सुपरसोनिक क्रुज मिसाइल २.८ म्याचको गतिमा उड्छ । यो आवाजको गतिभन्दा तीन गुणा बढी हो । यसले राडारलाई पनि छक्याउन सक्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको 'एयर भर्जन'लाई गत वर्षको डिसेम्बर ८ मा सुखोई ३० एमकेआईबाट सफलतापूर्वक परीक्षण गरिएको थियो ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २०:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया