दक्षिणपन्थीसँगको साँठगाँठ र विदेशीको आडमा ओली फुरफुर गरिरहेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले दक्षिणपन्थीसँगको साँठगाँठ र विदेशीको आडमा फुर्ती गरेको आरोप लगाएका छन् । 

बुधबार एक कार्यक्रममा बोल्ने क्रममा ओलीमाथि आक्रामक देखिएका नेपालले ओलीलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिँदै चुनावमा एमालेलाई धुलिसात पार्न सकिने बताए । 

केपी ओलीको विचारमा क्रान्तिकारिता नरहेको र उनमा सिद्धान्तप्रति निष्ठा नरहेको दाबी गर्दै उनले भने, ‘उनी दक्षिणपन्थिहरुसँगको साँठगाँठ र विदेशीको आडमा फुरफुर गरिरहेका छन् ।’

आफूहरुले ओलीलाई झुक्याएर दल विभाजनका लागि अध्यादेश ल्याएको र कानुनबमोजिम निर्वाचन आयोगमा दर्ता गरेर नयाँ पार्टी बनाएको बताए । दाउपेच गर्न ओलीले मात्र नजानेको आफूहरुले पनि जानेको उनले बताए । 

आगामी निर्वाचनमा केपी ओलीको पार्टीलाई धुलिसात पार्न सबै मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । ओलीको पार्टीलाई धुलिसात पार्न र उनको घमन्ड चकनाचुर पार्न कांग्रेसमा पनि त्यो भावना चाहिने उनले बताए । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २१:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया