बन्दीपुरको गाउँब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई हिजाे(बुधबार) जग्गा धनीदर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेकी छन् ।

तनहुको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै उनले केही समयभित्रै भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत् काम भइरहेको बताइन्।

मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

उनले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत् काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवन, काठमाडौंको कीर्तिपुर नगरपालिका र भक्तपुरको मध्यपुर ठिमि नगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।

उनले मन्त्रालय सम्हालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार भन्दा बढी घरपरिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् ।



२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जाविहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।  
 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ८:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया