सिजी टेलिकमबारे ट्विटरमा निर्वाण र गोकुलबीच जुहारी

सिजी टेलिकमको लाइसेन्स विवाद फेरि एकपटक चर्चामा आएको छ । सरकारले लाइसेन्स प्रदानका लागि विभिन्न चलखेल गरिरहेको खबर बाहिर आएपछि यो विषय चर्चामा आएको हो । यही विषयमा सामाजिक सञ्जालमा उद्योगी निर्वाण चौधरी र नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच जुहारी नै चलेको छ । 

सीजीको विषयले चर्चा पाएपछि चौधरीले लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्माणपश्चात् बास्कोटा सीजी टेलिकम लञ्चका लागि बार्सिलोना धाएको भनेर ट्विट गरेका छन् ।

‘सीजीलाई लाइसेन्स दिने क्याबिनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि बार्सिलोना समेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पार्‍यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी,’ चौधरीले लेखका छन् । 

उनको ट्विटपछि बास्कोटाले पनि जवाफ फर्काएका छन् । उनले आफूहरूले नभइ चोर बाटोबाट लाइसेन्स दिने निर्णय प्रचण्ड क्याबिनेटले गरेको भनेर जवाफ फर्काएका हुन् ।

‘मेला भर्न गाको बाटोमै भेट भको । विश्व मोबाइल कंग्रेसमा । हेक्का रहोस् सत्य एउटा मात्रै हुन्छ । चोर बाटोबाट दिने निर्णय प्रचण्ड क्याबिनेटले जाँदाजाँदै गरेको हो, हामीले होइन,’ बास्कोटाले चौधरीले जवाफ फर्काएका छन् । 



२०७४ सालमा प्रचण्ड नेतृत्वको सरकारले नेपाल राजपत्रमा संशोधन गर्दै सीजीलाई लाइसेन्स दिने निर्णय गरेको थियो । तर, विवादका कारण उक्त निर्णय लागू हुन सकेन ।  



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ९:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया