सुनको मूल्य फेरि १ लाख नाघ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छ ।

बुधबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।  





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ११:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया