चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।
वाङ बिहीबार दिउँसाे पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेका हुन् । वाङ गत साेमबार पाकिस्तान पुगेका थिए ।
तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तान पुग्ने ली तेस्राे विदेशमन्त्री हुन्। यसभन्दा अगाडि पाकिस्तान र कतारका विदेशमन्त्री पुगेका थिए ।
वाङको अफगानिस्तान भ्रमण छोटो तर महत्त्वपूर्ण हुनेछ ।
उनको भ्रमण अफगानिस्तानको लोगर क्षेत्रको मेस आइनाकमा तामा खानी पुनः सुरु गर्नका लागि पुनः सुरु हुने वार्ताको पृष्ठभूमिमा आएको हो ।
वाङ आजै भारतकाे राजधानी दिल्ली आइपुग्ने बताइएकाे छ । दिल्लीबाट शुक्रबार साँझ उनी काठमाडाैं आउनेछन् । नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
दुवै देशका विदेशमन्त्रीको उपस्थितिमा चैत १२ गते काठमाडौंमा नेपाल-चीन उच्चस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्रले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने जनाइएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।