माधव नेपालले दायर गरेकाे रिटमा आज सुनुवाइ हुँदै

नेकपा एमालेबाट अलग भएर छुट्टै दल नेकपा एकीकृत समाजवादी स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ ।

रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे हुन् । उनीहरू पक्ष रहेको रिटको न्यायाधीशद्वय टंकबहादुर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ । 

तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै ९ वैशाख २०७८ रिट दायर गरेका थिए । 

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १२:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया