निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक : प्रधानमन्त्री
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  

स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका प्रधानमन्त्री देउवाले यसका लागि सरकारले पूर्ण रूपमा तयारी गरिरहेको पनि बताए।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरूलाई निर्देशनसमेत‍ दिए । 





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १२:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया