प्रभु साहविरुद्ध रेखा झाले दिइन् उजुरी, जिल्ला अधिवेशनमा मनोमानी गरेको आरोप

नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध पार्टीमा उजुरी परेको छ । उनीविरुद्ध एमाले केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले पार्टीमा उजुरी दिएकी हुन् ।

झाले उजुरीमा रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको आरोप लगाएकी छन् । 

झाले आज बसिरहेको एमाले केन्द्रीय कमिटी बैठकमा आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन् ।  





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १४:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया