बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका-१३ मा बिहीबार मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक गुल्मीको धुर्कोट गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने २३ वर्षीय मनोज थापा छन् । 

लु ३८ प ४१४४ नम्बरको स्कुटर र लु ७० प ६०१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ना १ क ४१४६ नम्बरको क्याम्पस बसमा स्कुटर ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सवारी साधन सहित मोटरसाइकल र बस चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १६:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया