नेप्से परिसूचक १६.६९ अंकले घट्यो

साताको अन्तिम दिन बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ओरालो लागेको छ । 

बिहीबार नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स  ६.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने २ वटा उपसमूहको वृद्धि भएको देखिएको छ । जसमा जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।  

नेप्से परिसूचकमा गिरावट आए पनि बिहिबार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै नाइटेड इदी मर्दीको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशतले घटेको छ ।

कारोबारको रकमको आधारमा बिहीबार जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १७:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया