चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै, उच्चस्तरीय द्विपक्षीय वार्ता भोलि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

तय भएको कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ आज बेलुकी काठमाडौं आइपुग्ने छन्  । ​वाङको महत्त्वपूर्ण कार्यक्रम सबै भोलि र पर्सिलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १२ चैतमा नेपाल-चीन परराष्ट्रमन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । 

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री वाङ १३ चैत साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ७:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया