विश्वकप युरोपेली छनोटअन्तर्गत प्ले अफमा जित हात पार्दै पोर्चुगल फाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्कीलाई ३–१ ले हराउँदै पोर्चुगल युरोपेली छनोटको फाइनल प्रवेश गरेको हो ।
घरेलु मैदान स्टेडियो डो ड्रगाओमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ओटाभिओ, डिएगो जोटा र म्याथियस नुनेसले १–१ गोल गर्दा पाहुना टोलीका लागि बुराक यिल्माजले १ गोल फर्काए ।
खेलको १५ औं मिनेटमा ओटाभिओको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ४२ औं मिनेटमा जोटाले पाहुना टोलीको अग्रता दोब्बर बनाए । ६५ औं मिनेटमा यिल्माजले खेललाई २–१ को अवस्थामा ल्याए । ८५ औं मिनेटमा यिल्माज पेनाल्टीमा चुक्दा टर्कीले बराबरी गर्ने अवसर गुमाएको थियो ।
थप गरिएको समयमा नुनेसले गोल गरेपछि पोर्चुगलले ३–१ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो । अब फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनियाले प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।