प्रधानमन्त्री देउवा अर्को साता भारत जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । पाँचौंपटक प्रधानमन्त्री भएपछि उनी पहिलो औपचारिक भ्रमणमा भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा यही १८ चैतमा भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणमा जान लागेका हुन् । 

यसअघि गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने भनिए पनि कोरोनाका कारण कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो । 





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ७:५५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया