प्रधानमन्त्री देउवा श्रीलंका भ्रमणमा नजाने

प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलंका भ्रमणमा नजाने भएका छन् । यसअघि यही १६ चैतमा उनले श्रीलंकाको भ्रमण गर्ने बताइएको थियो ।

श्रीलंकाले १६ चैतबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने २३ फागुनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले घोषणा गरेका थिए । 

‘प्रधानमन्त्रीज्यू  श्रीलंका नजाने हुनु भएको छ । बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् । 





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ९:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया