[भिडियो] माधव नेपालले भने– सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको चुनाव चिन्हको प्रशंसा गरेका छन् । उनले यसका लागि नेकपा एमालेको चुनाव चिन्ह सूर्यको व्यापक विरोध गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले सूर्यमा ग्रहण लाग्ने भए पनि कलममा कहिल्यै ग्रहण नलाग्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘कलम त अहिले सानो बच्चा पनि उठ्नेवित्तिकै कलम नै समाउँछ ।’

उनले भनेका छन्, ‘बरु सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन ।’ उनले कलमले नै न्यायको पक्षपोषण गर्ने र यो चेतनाको प्रतीक पनि भएको बताएका छन् । 

उनले कलमको प्रशंसामा खर्चिएका शब्दहरु सुन्नुहोस्ः 

 





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १३:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया