रामेछापमा माछा मार्ने क्रममा विस्फोट, एक जना गम्भीर घाइते
प्रतीकात्मक तस्वीर

रामेछापमा माछा मार्ने क्रममा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् । रामेछाप नगरपालिका–४ हिमगंगाको धारापानी बसेरीस्थित लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा एक जना घाइते भएका हुन् ।

घाइते हुनेमा रामेछाप नगरपालिका–४ हिमगंगाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ रहेका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीशंकर श्रेष्ठका अनुसार साँघुटार स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । उनको महाराजगञ्‍जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, घटनास्थल आसपासबाट प्रहरीले विस्फोटक पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई-५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनामाथि विस्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरेको छ । अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १३:४९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया