पपुवा न्युगिनी (पिएनजी) विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतकाे पहिलाे खेलमा नेपालले चाैथाे विकेट गुमाएकाे छ ।
नेपाले चाैथाे विकेटका रूपमा दिपेन्द्रसिंह ऐरीलाई व्यत्तिगत १५ रनमा गुमाएकाे हाे । १७ बलकाे समना गरेका उनले ३ चाैका प्रहार गरे ।
दिपेन्द्रलाई चार्ल्स अमिनीले १२.३ ओभरमा जेसन किलाबाट क्याच गराएका हुन् ।
यसअघि नेपालले ओपनर कुशल भर्तेललाई ३२ र अनिल शाहलाई ६ तथा सिनियर टाेलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरिरहेका देव खनाललाई शून्य रनमा गुमाएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।