राेहित बने एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी
फरकधार / ११ चैत, २०७८

युवा ब्याटर राेहितकुमार पाैडेन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।



त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध २० रन बनाएसँगै उनले याे कीर्तिमान कायम गरेका हुन् ।

राेहितले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई पछि पार्दै नयाँ कीर्तिमान आफ्नो नाममा गराएका हुन् । 



याे २० रन पूरा गरेसँगै नेपालका लागि १५ एकदिवसीय खेल खेलेका राेहितले ४ अर्घशतकसहित ४८२ बनाएका छन् ।



दोस्रो स्थानका ज्ञानेन्द्र मल्लकाे १९ खेलमा ४ अर्धशतक सहित ४८० रन छ ।

याे समाचार तयार पार्दासम्म २९३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २२ ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनाएकाे छ ।

अहिले क्रिजमा राेहित ४० र आरिफ ८ रन बनाएर खेलिरहेका छन् ।

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १५:२०:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया