पिएनजीविरुद्ध राेहितकाे अर्धशतक
फरकधार / ११ चैत, २०७८

पपुवा न्युगिनी (पिएनजी) विरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजकाे पहिलाे खेलमा युवा ब्याटर राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरेका छन् ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २९३ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालका लागि राेहितले ५३ बलकाे सामना गर्दै ३ चाैका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।

याे राेहितकाे करिअरकाे पाँचाै एकदिवसीय अर्धशतक हाे । याेसँगै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर पनि बनेका छन् । राेहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लकाे ४ अर्धशतकलाई पछि पारेका हुन् ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १५:४३:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया