एकीकृत समाजवादीलाई सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ ?
फाइल तस्वीर

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् ।

अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् । 

कसै-कसैले पार्टीभित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जितको सुरुवात भइसकेको बताए । 

पार्टी निकट मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराए । 

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरूले बाम लोकतान्त्रिक शक्तिहरूसँग मिलेर जाने विषयमा छलफल चलाई रहेको दोहोर्‍याए । 

'कलम चिह्नको जितको सुरुवात गरेर अगाडि बढेका छौँ । त्यसो हुनाले कसै-कसैलाई लाग्ला– सूर्य चिह्न नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन् हाम्रो जितको सुरुवात भइसकेको छ । कलम चिह्नले जित्न थालिसकेको छ' उनले भने । 



अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिए । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको उनको भनाइ थियो ।  



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १६:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया