अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली फ्रान्स विजयी भएको छ । फ्रान्सले स्टेड भेलोड्रममा आज बिहान सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
खेलको १९ औं मिनेटमा निकोलस पेपेको गोलमार्फत पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले इब्राहिम सानगारेको पासलाई सदुपयोग गरे ।
आइभोरी कोस्टको अग्रता लामो समय टिक्न भने सकेन । २२ औं मिनेटमा ओलिभर जिरुडले फ्रान्सलाई १–१ को बराबरीमा ल्याए । उनले थियो हर्नान्डेजको पासलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
थप गरिएको समयमा एरोलिइन चुओमेनीले गोल गर्दै फ्रान्सलाई २–१ को रोमाञ्चक जित दिलाए । उनले माटियो गुएनडोउजीको पासलाई पोस्टको दिशा दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।