फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना विजयी भएकाे छ ।
घरेलु टाेली अर्जेन्टिनाले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।
स्टेडियाे अल्बर्टाे जे अर्मान्डाेमा खेलको ३४ औं मिनेटमा रोड्रिगो डी पउलको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
७९ औं मिनेटमा एन्जल डी मारियाले घरेलु टाेलीकाे अग्रता दोब्बर पारे । उनले पनि डी पउलकै पासलाई सदुपयाेग गरे ।
८२ औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३-० काे सहज जित दिलाए ।
जितसँगै आफ्नो अपराजित यात्रालाई कायम राख्दै १६ खेलमा ३८ अंक जाेडेकाे अर्जेन्टिना दोस्रो स्थानमा रहँदा पराजित भेनेजुएला १७ खेलबाट १० अंकका साथ अन्तिममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।