प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनलाई चैत १६ गते सम्बोधन गर्ने भएका छन् । 

श्रीलंकामा आयोजना हुने सम्मेलनलाई उनले काठमाडौंबाट भर्चुअल रूपमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवा केही दिन अघिसम्म श्रीलंका जाने तयारीमा थिए । 

अचानक उनको भारत भ्रमण तय भएपछि श्रीलंकामा हुने बिमस्टेक सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन् । 

बिमस्टेक शिखर सम्मेलनमा प्रत्यक्ष तथा भर्चुअली सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा नारायण खड्का, मुख्यसचिव शंकर दास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १२:३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया