एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु
फरकधार / १२ चैत, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ।



शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्घाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रूपमा गरे ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन् । 



दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।



संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। 

आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १२:४५:५६,   अन्तिम अपडेट : चैत १२, २०७८ शनिबार १२:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया