मुख्यमन्त्री कप भलिबलको उपाधि आर्मीलाई

विभागीय टोली त्रिभुवन आर्मी क्लबले धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ ।

आर्मीले शनिबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।  

उपाधिसँगै आर्मीले नगद ४ लाखसहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता पुलिसले २ लाखमा चित्त बुझाएको छ । 

पहिलो र दोस्रो सेट २५-२३ र २५-२० ले जितेको आर्मीले तेस्रो सेट भने १८-२५ ले गुमायो । चौथो सेट २५-२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । 

त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३-१ मा सेटले पराजित गरेको थियो । 

तेस्रो हुने गण्डकीले १ लाख र चौथो स्थान प्राप्त गर्ने एपिएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । 



सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगितामा ३ विभागीय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो । 



  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १५:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया