आइपिएलमा चेन्नईमाथि कोलकाताको शानदार जित

इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत उपविजेता कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न सिजनको पहिलो खेलमा गत विजेता चेन्नई सुपर किंग्स (सिएसके) लाई ६ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो । 

चेन्नईले दिएको १३२ रनको लक्ष्य कोलकाताले १८.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि अजिंक्य रहाणेले ४४, साम बिलिङ्सले २५, नितिश राणाले २१, श्रेयस अय्यरले अविजित २० र वैंकटेश अय्यरले १६ रन बनाए ।

चेन्नईका ड्वेन ब्राभोले तीन र मिचेल सान्टनरले एक विकेट लिए । त्यसअघि मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३१ रन बनायो ।

उसका लागि महेन्द्रसिंह धोनीले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ५० रन बनाए । धोनीले आइपिएलमा तीन वर्षपछि अर्धशतकीय पारी खेलेका हुन् ।

त्यस्तै, रोबिन उथप्पाले २८ र कप्तान रवीन्द्र जडेजाले अविजित २६ रनको योगदान दिए । ऋतुराज गायकवाड शून्य, डेवन कन्वे र शिवम् दुबे तीन/तीन रनमा आउट भए ।

कोलकाताका उमेश यादवले दुई, आन्द्रे रसेल र वरुण चक्रवर्तीले एक/एक विकेट लिए । जारी आइपिएलको दोस्रो दिन आज दुई खेल हुँदै छन् । पहिलो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । 



साँझ ७ः४५ मा सुरु हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र पञ्जाब किंग्स खेल्ने छन् ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार ६:२४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया