नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् ।
पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए ।
समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको उनले दाबी गरे।
यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् ।
पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।