आइसिसी महिला विश्वकप : बंगलादेशलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

आइसिसी महिला एकदिवसीय विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।
 
इंग्ल्याण्डले बंगलादेशमाथि १०० रनको सहज जित हात पारेको हो । यो जितसँगै उसले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍याे । 

२३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि लता मण्डलले सर्वाधिक ३० रनको योगदान दिइन् । शमिमा सुल्तान र शर्मिन अख्तरले २३-२३ रन बनाए ।

इंग्ल्याण्डका लागि सोफी एक्लेस्टोन र सार्लेट डिनले ३-३, फ्रेया डेभिसले २ तथा हेदर नाइटले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि वेलिङ्ंटनस्थित बसिल रिजर्भमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । 

इंग्ल्याण्डका लागि सोफिया डंकलीले ६७ रनको उत्कृष्ट पारी खेलिन् । ७२ बलको सामना गरेकी उनले ८ चौका प्रहार गरिन् । नेटाली स्काइभरले ४० र तामसिन बोउमोन्टले ३३ रनको योगदान दिए ।



बंगलादेशका लागि सलमा खातुनले २ तथा ऋतु मोनी, फहिमा खातुन, लता मण्डल र जहाँरा अलमाले १-१ विकेट हात पारे ।  
 
यो जितसँगै इग्ल्याण्ड ७ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा पराजय बेहोरेको बंगलादेशले समान खेलबाट २ अंक जोड्दै सातौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १२:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया