म्यादी प्रहरी : दार्चुलामा मागभन्दा झण्डै तेब्बरले आवेदन

स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरी भर्नामा दार्चुलामा सिट संख्याभन्दा झण्डै तेब्बरले आवेदन दिएका छन् ।

६ देखि ११ चैतसम्म खुला गरिएको आवेदनमा १९ सय ९८ जनाले म्यादी प्रहरीका लागि दरखास्त दिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

दार्चुला जिल्लामा सात सय ४२ जना म्यादी प्रहरीको कोटा रहेकोमा झण्डै तेब्बरले दरखास्त दिएका हुन् ।

कोरोना महामारीपछि अधिकांश बेरोजगार युवा घरमै रहेको तथा उमेर हद अन्य सरकारी विज्ञापनमा भन्दा फराकिलो भएकाले दरखास्त बढी आएको हुन सक्ने अनुमान छ।

दरखास्त दिएकाहरूका लागि आइतबार सम्पर्क मिति तोकिएको छ । सम्पर्क मितिका दिन जिल्ला प्रहरी कार्यालय दार्चुलामा उपस्थित हुन नसक्नेहरूले नजिकको प्रहरी चौकी वा १०० नम्बरमा फोन गरेर सम्पर्क गर्न सक्ने विश्वकर्माले बताए।

दरखास्त दिएकाहरूको म्यादी प्रहरीका लागि चैत्र १५ गतेदेखि छनौट सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १३:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया