नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका छन् ।
आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन् ।
उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरू ओलीले गरिरहेको भन्दै उनीहरूसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिस्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे । उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए ।
‘केपीका बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के-के प्रवृतिहरू देखिए, कंशमा के-के प्रवृतिहरू देखिए, शिशुपालले सय वटा के-के अपराध गर्यो ? र हिटलरले के-के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,' उनले भने ।
अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरूको आकर्षण बढिरहेको दाबीसमेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।