नेप्से परिसूचक ४१.४३ अंकले घट्यो
फाइल तस्वीर

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ४० अंकभन्दा बढीले गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आइतबार ४१.४३ अंक घटेर २ हजार ५७२.२३ विन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको  ८९ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमाबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । आइतबार लगानीकर्ताहरु बीमा कम्पनीहरूतर्फ आकर्षित भएको देखिएका छन् । 

गत साता बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै बीमा कम्पनीहरूमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । 



आइतबार निर्जीवन बीमा उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ । तर  अन्य उपसमूहको परिसूचक ४.३६ प्रतिशत घटेको छ । 

त्यस्तै, विकास बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।



आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबारमा आएका तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

जसमा जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको सेयरमूल्य साँढे ९ प्रतिशतभन्दा बढी बढेका छन् । तर, यता मल्टिपर्पस फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपि पावर शीर्ष स्थानमा रहेको छ । गुराँस लाइफ इन्स्योरेन्सको साँढे १७ करोडको शेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १७:८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया