चोनबुरीसँग नेपाल पराजित

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ ।

चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३-१ ले पराजित भएको हो  ।

खेलको २४औं मिनेटमा​ फान्थमित प्रफन्थले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ६५औं मिनेटमा रेनाटो केलिचले चोनबुरीको अग्रता दोब्बर बनाए ।

८३औं मिनेटमा दर्शन गुरूङले नेपाललाई २-१ को अवस्थामा ल्याए । थप गरिएको समयमा नट्टापोङले गोल गरेपछि चोनबुरीले ३–१ को सहज जित हात पार्यो ।

यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा पनि नेपाल २–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १८:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया