आइपिएल : रोहित शर्मालाई १२ लाख भारु जरिवाना

१५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)  अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्धको खेलमा मुम्बई इण्डियन्सलाई दोहोरो घाटा लागेको छ । कप्तान रोहित शर्मालाई बीसीसीआईले १२ लाख भारु जरिवाना गरेपछि मुम्बईलाई दोहोरो घाटा लागेको हो । 

बलरको स्लो ओभर रेटका कारण कप्तान रोहितलाई १२ लाख भारु जरिवाना लगाइएको हो । गएराति मुम्बईको ब्रेबोर्न स्टेडियममा दिल्लीविरुद्धको खेलमा ढिलो ओभर रेट राखेको भन्दै जरिवाना गरिएको आइपिएल व्यवस्थापनले जनाएको छ । 

ओभर रेटसँग सम्बन्धित टोलीको यो पहिलो गल्ती भएकाले रोहितलाई १२ लाख भारु जरिवाना गरिएको हो । उनलाई जरिवाना गरिएको खेलमा मुम्बई दिल्लीविरुद्ध ५ विकेटले पराजित भयो । 

ढिलो ओभर रेट भनेको के हो ?

ओभर रेट भनेको बलिङ पक्षले एक घण्टामा गरेको ओभरको औसत संख्या हो । आइसिसीको नियमअनुसार एकदिवसीय र टी-२० खेलमा एक घण्टामा १४.१ ओभर र टेस्टमा १४.२ ओभर बलिङ गरिसक्नुपर्छ । 

एकदिवसीयमा बलिङ पक्षलाई ५० ओभर बलिङ गर्न कुल साढे ३ दिइएको हुन्छ भने टी–२० मा टोलीले एक घण्टा २५ मिनेटमा इनिङ्स पूरा गर्नुपर्ने हुन्छ ।  





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १०:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया