सभापति देउवाले कांग्रेस मुगुकाे कार्यालय उद्घाटन गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुकाे पार्टी कार्यालयकाे उद्घाटन गर्ने भएका छन् । 

कांग्रेस पार्टी कार्यालय मुगुकाे नवनिर्मित विपी स्मृति भवनकाे साेमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भाैतिक रूपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहीकाे शालिकलाई उद्घाटन गर्ने कार्यक्रम रहेकाे थियाे । 

तर कार्यव्यस्तताले गर्दा उनी जान नपाउने भएका हुन् । देउवाले भर्चुअल रूपमै शालिककाे पनि उद्घाटन गर्नेछन् ।
 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १३:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया