टि-२० अन्तर्राष्ट्रियमा कुशलकाे नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर ब्याटर कुशल भुर्तेल टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा सोमबार पपुवा न्यु गिनी (पिएनजी) विरुद्धको खेलमा भुर्तेलले याे कीर्तिमान कायम गरेका हुन् ।

पिएनजीविरुद्ध २० रन बनाएर आउट हुनुअघि भुर्तेलले ५०० रन पूरा गरे ।

उनले मात्र १२ खेलमा याे कीर्तिमान बनाएका हुन्  ।

यसअघि भारतीय ब्याटर केएल राहुलकाे नाममा याे कीर्तिमान थियाे । उनले १३ खेलमा ५०० रन बनाएका थिए ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १३:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया