३०.४३ अंकले घट्याे नेप्से

साताको दोस्रो कारोबार दिन आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

आइतबार ४१.४३ अंकले घटेको नेप्से परिसूचक सोमबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ बिन्दुमा झरेको छ । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ५८ हजार कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

आइतबारको तुलनामा सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ । आइतबार करिब ५ अर्बको सेयर खरिदबिक्री भएको थियो । 

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । 



त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको परिसूचक ० प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि दुईवटा कम्पनीको सेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको नेस्डाे समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । 

तर, यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ । 

अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १७:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया