शिक्षामा राजनीति गलतः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । 

उनले राजनीति राजनीतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाब दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’

संविधानले उल्लेख गरेजस्तै आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १७:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया