पाँच वर्षमा बाजुरामा १७ हजार ७ सय ४० मतदाता थपिए

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । 

निर्वाचन आयोगले २०७९ वैशाख २९ सम्म १८ वर्ष पूरा हुने मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक गरेको हो । जसअनुसार स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लाभरका ८२ हजार ६ सय ९० जनाले मतदानमा भाग लिन पाउने भएका छन् ।
 
जसमध्ये ४२ हजार १ सय २१ पुरुष र ४० हजार पाँच सय ६९ महिला मतदाता रहेका छन् । यसअघि २०७४ सालमा ६४ हजार ९ सय ५० जना मतदाता बाजुरामा रहेका थिए । पाँच वर्षको अवधिमा १७ हजार ७ सय ४० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको नामावलीमा बाजुराका ९ वटै स्थानीय तहमध्ये सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा १३ हजार ६५६ मतदाता रहेका छन् भने सबैभन्दा कम मतदाता जगन्नाथ गाउँपालिकामा ५ हजार ४७७ रहेका छन् ।
 
यस्तै, बडीमालिका नगरपालिमा ९ हजार सात सय ३५, त्रिवेणी नगरपालिमा ११ हजार पाँच सय ११, बुढीनन्दा नगरपालिकामा १० हजार ८ सय मतदाता रहेका छन् । 

त्यसैगरी, स्वामीकार्तिक खापर गाउँपालिमा ७ हजार ४ सय २७, हिमाली गाउँपालिकामा, ६ हजार ७१, खप्तड छेडेदह गाउँपालिमा ११ हजार ८ सय ९५ र गौमुल गाउँपालिकामा ६ हजार ४६ मतदाता रहेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरामा ७० वटा मतदानस्थल र १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् । 

२०७४ को स्थानीय चुनावमा मतदानस्थल ७० थिए भने मतदान केन्द्र ९२ मात्र थिए । आगामी स्थानीय चुनावका लागि भने २० वटा मतदान केन्द्र थपिएका छन् ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १८:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया