इटहरीमा बम विष्फोट हुँदा दुईजना घाइते, घटनास्थलमा हिमाल सुरक्षा परिषदको पर्चा फेला
फाइल तस्बिर

इटहरीमा विष्फोटक पदार्थ पड्किँदा दुईजना जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलको एक घरमा सुतली बम पड्किँदा दुईजना घाइते भएका हुन् । घटना सोमबार राति पौने ११ बजेतिर भएको हो । 

रविन थापा बस्दै आएको कोठामा विष्फोट हुँदा उनीसहित दुई युवा घाइते भएका प्रहरीले जनाएको छ । त्यस्तै, लमजुङ घर भएका २३ वर्षीय शेरजङ गुरुङ पनि घाइते भएका छन् । गुरुङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए । घाइते थापाको आँखामा चोट लागेको छ ।

उनको विराटनगरस्थित आँखा अस्पतालमा र गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ । 

बम विष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार ९:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया