मेस्सीलाई बार्सिलोना फर्काउने योजना छैन : लोपार्टा

स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जुवान लापोर्टाले अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई फर्काउने योजना नरहेको बताएका छन् । बार्सिलोनाका पूर्व कप्तान मेस्सी गत समरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)  गएका थिए ।

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि मेस्सी बार्सिलोना फर्कने चर्चा चलेको थियो । तर, अध्यक्ष लापोर्टाले मेस्सी फर्काउने विषयमा कुनै चासो नराखेको बताएका छन् ।

‘मैले मेस्सी वा उनको टिमबाट बार्सिलोना फर्कने सम्भावनाको बारेमा कुनै सन्देश प्राप्त गरेको छैन,’ लापोर्टाले भनेका छन्, ‘हामीले अहिले यो विषयमा कुनै ध्यान दिएका छैनौं ।’

अध्यक्ष लापोर्टाले क्लब अहिले युवा टोलीलाई समेटेर राम्रो टोली बनाउन लागिपरेको बताए ।

‘हामी मेस्सीको पुनरागमनबारे सोचिरहेका छैनौं । युवा खेलाडी र अनुभवको मिश्रणका साथ नयाँ टोली निर्माण गर्दैछौं,’उनले थपे,‘मेस्सी उत्कृष्ट खेलाडी हुन र उनी सधैं विजेताका रुपमा रहनेछन् ।’

मेस्सीले पिएसजीमा पुरानो लय समात्न नसकिरहेकाले उनको आलोचना हुँदै आएको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १०:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया