नेपाल र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र अफ्रिकी राष्ट्र दक्षिण सुडानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७५ पुगेको छ । 

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगमा सोमबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । 

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र दक्षिण सुडानको तर्फबाट राष्ट्रसंघका लागि दक्षिण सुडानका स्थायी प्रतिनिधि तथा राजदूत अकुई बोना मलवालले हस्ताक्षर गरेका थिए ।  

दुवै देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघका महासचिवलाई दिएका छन् । उनीहरूले संयुक्त पत्र लेखि सो जानकारी गराएका थिए । 

दक्षिण सुडान सन् २०११ मा भएको जनमतसंग्रह मार्फत सुडानबाट स्वतन्त्र भएको थियो । सुडान भूवेरिवेष्ठित राष्ट्र हो ।  





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १२:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया