न्युजिल्यान्डमा जारी महिला एकदिवसीय विश्वकपअन्तर्गत अस्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलअघि वेस्ट इण्डिजलाई झड्का लागेको छ । टोलीकी अनुभवी स्पिनर एफी फ्लेचरमा कोरोना संक्रमण देखिएपछि उनले सेमिफाइनल खेल गुमाउने भएकी हुन् ।
उनको स्थानमा अलराउन्डर म्यान्डी मङ्रुलाई टोलीमा बोलाइएको छ । फ्लेचरको अनुपस्थितिले वेस्ट इण्डिजका लागि अस्ट्रेलियाविरुद्ध खेल्न केही कठिन हुन सक्छ ।
वेस्ट इण्डिजका लागि ५८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा फ्लेचरले ६६ विकेट हात पार्दा २७४ रन बनाएकी छन् । त्यस्तै, उनले जारी विश्वकपमा २९ रन बनाउनुका साथै ४ विकेट लिएकी छन् ।
यी दुईबीचको पहिलो सेमिफाइनल खेल बुधबार वेलिङ्गटनस्थित बेसिन रजिर्भमा हुनेछ । समूह चरणमा अस्ट्रेलिया पहिलो र वेस्ट इण्डिज चौथो हुँदै सेमिफाइनल प्रवेश गरेका हन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।