नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।
सोमबार सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।
सोमबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा निर्धारण भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।