विश्वकपपछि पनि अन्तर्राष्ट्रिय करिअरलाई निरन्तरता दिने सोचमा रोनाल्डो
फरकधार / १५ चैत, २०७८

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कतार विश्वकपपछि पनि अन्तर्राष्ट्रिय खेल जीवनलाई निरन्तरता दिने सोच रहेको बताएका छन् । संन्यासको निर्णय आफूमा निर्भर रहेकाले यसबारे अनावश्यक प्रचार नगर्न आग्रह गर्दै उनले विश्वकपपछि पनि आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई अगाडि बढाउने संकेत दिएका हुन् ।  



‘मलाई कतार विश्वकपपछि खेलजीवनलाई निरन्तरता दिनु हुन्छ वा हुँदैन भनेर धेरैले प्रश्न गर्छन्’, रोनाल्डोले भने, ‘मेरो भविष्य बारे अरुले के भन्छन् मलाई थाहा छैन । यसको निर्णय लिने मैले हो अरुले होइन । मलाई अझै धेरै खेल्न सक्छु जस्तो लाग्छ ।’ 

कतार विश्वकप २०२२ को प्लेअफ फाइनलमा पोर्चुगलले आज राति नर्थ मासेडोनियाको सामना गर्दैछ । नर्थ म्यासेडोनिया इटाली तथा पोर्चुगल टर्कीलाई हराउँदै प्लेअफको फाइनल पुगेका हुन् । 



यदी पोर्चुगलले नर्थ म्यासेडोनीलाई हराउन सके उसले सन् २०२२ मा हुने कतार विश्वकपमा स्थान सुरक्षित गर्नेछ । ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । उनले चार विश्वकप खेलिसकेका छन् । 



पोर्चुगल कतार विश्वकपमा छनोट भएमा रोनाल्डोले लोथार म्याथ्युज, राफेल मार्कवेज एन्टोनियो कार्भाहल र जियानलुइजी बुफनमा नाममा रहेको पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गर्नेछन् ।

रोनाल्डोले पोर्चुगलका लागि १८५ खेलमा ११५ गोल गरेका छन् । उनी विश्वका सर्वकालिन गोलकर्तासमेत हुन् । सन् १९९८ यता पोर्चुगलले विश्वकपका सबै संस्करण खेलेको छ । 
 

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १२:५३:२८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया