सरकारले बर्खास्त गरेपछि पुनर्बहालीको माग गर्दै दायर राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव रमेशकुमार सिलवालको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।
रिटको पेसी न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको छ । सरकारले गरेको बर्खास्तीलाई गैरकानुनी भन्दै पुनर्बहालीको मागसहित गत २८ कात्तिकमा रिट दायर गरेका हुन् ।
भोलिपल्टै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले विपक्षीको नाममा कारण देखाउसँगै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उनलाई कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले १ कात्तिकमा बर्खास्त गरेको थियो । त्यसअघि भने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरेको थियो ।
यसपछि सरकारले सोही दिन १९ औँ सदस्य सचिवको रूपमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।