अर्थसचिव मरासिनी भन्छन् - रूस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा चुनौती थपियो

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले पछिल्लो समय रूस-युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा चुनौती देखिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममा बोल्दै अर्थ सचिव मरासिनीले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय रूस-युक्रेन द्वन्द्वको कारण पेट्रोलिय पदार्थ, खाद्यान्नलगायतका वस्तु आयातमा देखिको समस्याको कारण नेपालको अर्थतन्त्रमा ठूलो चुनौती थपिएको स्पष्ट पारे ।

सचिव मरासिनीले बाहिरी कारणले मुलुकको अर्थतन्त्रमा चुनौती थपिएकाले मुलुकभित्र नै उत्पादन, रोजगारी विकास गर्नुपर्ने देखिएको बताए ।

अर्थतन्त्रमा परेको दबाबलाई लिएर अर्थ मन्त्रालय अत्यन्तै चिन्तित रहेको उनले बताए । सचिव मरासिनीले सकेसम्म सरकार अर्थतन्त्रलाई संकटमा पर्न नदिने कुरामा समेत भएर काम गरिरहेको दाबी गरे ।

'युद्धको कारणले खाद्यान्न लगायतका वस्तु आयातको समस्योले थप चुनौती बढ्दै गएको छ । विद्युत् अभाव भएर विद्युतको मूल्य वृद्धि बढेको कारण हामीलाई एकदमै प्रेसरमा राखेको छ,' उनले भने, 'देशभित्र नै उत्पादन नबढाइ, रोजगारीको सिर्जना नगरी नहुने रहेछ भन्ने कुरा अहिले देखिएको छ । धेरै देशले त्यही खालको नीति बनाएका छन् ।'





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १९:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया